९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


१५ दिने मिथिला परिक्रमा आजदेखि सुरु


195
Shares

काठमाडौं । धनुषाको कौचरी १५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु भएको छ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । यो धार्मिक पदयात्रालाई नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीकको रुपमा पनि चिनिन्छ ।

सोही यात्राका लागि आज धनुषाको मिथिला विहारी नगरपालिका-८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित श्रद्धालुहरु प्रस्थान गरेका छन् ।

कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरका अन्य डोला हनुमानगढीमा आज जम्मा हुने महन्थ नबल किशोर दासले जानकारी दिनुभयो ।

अन्तिम दिन जनकपुर पाँचकोसे अन्तरगृह परिक्रमा गरेपछि यात्रा समाप्त हुनेछ ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो ।परिक्रमामा सहभागी हुनाले पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने र मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।