
काठमाडौं । बागमती प्रदेशसभा बैठक बोलाइएको छ ।
गत पुसमा बैठक गरेर स्थगित गरिएपछि अर्को बैठक बस्न सकेको थिएन । प्रदेश सभा सचिवालयका अनुसार अब फागुन २९ मा प्रदेश सभा बैठक बस्ने तयारी छ ।
सचिवालयले जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ । फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभा बैठक आह्वान गरिएको बताउनुभयो । यसअघि गत पुस ८ मा प्रदेशसभा बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्