
बारा । पर्सा राष्ट्रिय निकुञ्जलाई साइकल पर्यटनको गन्तव्यको रूपमा विकास गर्न अभियान थालिएको छ ।
पर्सा राष्ट्रिय निकुन्ज, मधेश प्रदेश, स्थानीय तह र संघ संस्थाले साइकल र्याली गरी अभियानको शुभारम्भ गरेका हुन् ।
साइकल पर्यटनको उपयुक्त स्थलको रूपमा विकास गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साइकल र्याली अभियानमा ५ प्रदेशका साइकल राइडरले सहभागी थिए ।
प्रदेशका विभिन्न जिल्लाबाट आएका २ सय ३५ साइकल राइडरले निकुञ्जको ३९ किलोमिटर यात्रा साइकलबाट गरेका हुन् ।
देशका अन्य निकुञ्ज भन्दा साइकल पर्यटनको उपयुक्त गन्तव्य पर्सा हुनसक्ने निकुन्ज रहेको पर्यटकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्