
काठमाडौं । मिथिला क्षेत्रको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा (बिहीबार) आजदेखि सुरु भएको छ ।
जनकपुरको मिथिला बिहारी मन्दिरबाट डोलासहित परिक्रमा सुरु गरिएको हो । १५ दिनसम्म चल्ने मध्यमा परिक्रमाका मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुनेछन् ।
नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुने गर्दछ । फागुन प्रतिपदाका दिन भक्तजन कलाणेश्वर पुग्छन् ।
विभिन्न समूहमा विभाजित परिक्रमा टोली पडाव स्थलस्थित मठ मन्दिरमा बास लिने गर्छन् र त्यहीँ रात बिताएर अर्को स्थानका लागि प्रस्थान गर्ने गर्छन् ।
एक रातअघि नै अमावश्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्