२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कैलाली कांग्रेसको सभापतिमा भट्ट

पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलाे

286
Shares

कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी हुनुभएको छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी हुनुभएको हो । भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी हुँदा बमले एक हजार ९६ मत पाउनुभयो ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा २ हजार ४६७ मत खसेको थियो ।

पहिलो चरणको मतगणनामा बमले एक हजार १६९ मत पाएका ल्याउँदा भट्टले एक हजार ७२ र सभापतिका अर्का उम्मेदवार रामबहादुर कलेलले १९७ मत पाउनुभएको थियो ।

भट्ट संस्थापन पक्षका आधिकारिक उम्मेदवार हुन् ।