
सांकेतिक तस्वीर
चितवन । नारायणी नदीमा पौडी खेलेका दुई बालकको मृत्यु भएको छ ।
भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।
दिउँसो दुई बजेतिर भरतपुर–३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा खेल्दा पौडी खेल्दा डुबेको अवस्थामा देखेपछि स्थानीयले उनीहरूको उद्दार गरेका थिए ।
उपचारको लागि भरतपुर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्