
काठमडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज शुक्रबार बिहान देशका उच्च पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश-१ का पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यता सफा हुनेछ ।
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्टयाङ्ग सहित हल्का वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
राती भने देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश-१ का पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यता सफा रहनेछ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्