
चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ ।
जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो ।
यता, चितवनमा पनि नयाँ नेतृत्व चयन गर्न आज मतदान भईरहेको छ । जिल्ला निर्वाचन समिति संयोजक ज्ञानेन्द्र प्रसाद अधिकारीका अनुसार एक जना सभापतिका लागि पाँच जनाले उमेदवारी दिएका छन् ।
पार्टीको संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा निकटका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरबाट चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
संस्थापन इतरबाट डा. सूर्यकान्त घिमिरे, राजेश्वर खनाल, उत्तम जोशी र कैलाश कोइरालाले उम्मेदवारी दर्ता गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्