
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताउनुभएको छ ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पौडेलले पार्टी एकता र गठबन्धनको रक्षाका लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गर्नुभयो ।
‘सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ,’ उहाँले भन्नुभयो, ‘पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि व्याख्यात्मक सहमति व्यवहारिक छ ।’
केन्द्रीय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेर पार्टी अध्यक्ष प्रचण्डाले देशलाई अध्यारोमा जानबाट रोकेको बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘देशलाई अध्यारो सुरुङ्गमा जानबाट हाम्रो पार्टीको नेतृत्वले कुशलतापूर्वक मेहनत गरेकोमा नेतृत्वप्रति आभार व्यक्त गर्नुपर्छ ।’
पार्टीको पदाधिकारीको सन्र्दभमा सहमतिको आधारमा चयन हुनुपर्नेमा केन्द्रीय सदस्य पौडेलको जोड छ ।
प्रतिक्रिया दिनुहोस्