१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजदूत नियुक्तिमा सरकारको चासो, नाम सिफारिस गर्न गठबन्धनका नेतालाई आग्रह


182
Shares

काठमाडौं । लामो समयदेखि रिक्त विभिन्न देशको राजदूत नियुक्तिका लागि सरकारले गृहकार्य थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका सन्दर्भमा छलफल थाल्नुभएको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएपछि प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएको बताइएको छ । देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग आन्तरिक छलफल थाल्नुभएको हो ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि राजदूत नियुक्तिका विषयमा छलफल थाल्नुभएको छ । गठबन्धनको पछिल्लो बैठकमा देउवाले गठबन्धनका नेतालाई राजदूतको नाम दिन आग्रह गरेको बताइएको छ ।

हाल नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग र ३० देशमा दूतावास छन् । कुल ३० मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।

तीमध्ये केहीमा चार वर्षदेखि राजदूत पद रिक्त छ भने भने केहीमा केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रुपमा नियुक्ति गरेका राजदूतहरूलाई फिर्ता बोलाएपछि पद रिक्त भएको थियो ।