२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काँग्रेस चितवनको सभापतिका लागि आज दोस्रो चरणको मतदान हुँदै


260
Shares

चितवन । नेपाली काँग्रेस चितवनको सभापति लागि आज (शनिबार) दोस्रो चरणको मतदान हुने भएको छ ।

शुक्रबार भएको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि आज (शनिबार) पुन: मतदान हुने भएको हो । प्रतिस्पर्धामा रहेका ५ जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् ।

शुक्रबार सम्पन्न भएकाे पहिलो चरणको मतदानमा कुल खसेको २ हजार ८ सय २० मतमा २ हजार ७ सय १८ मत गणना हुँदा काँग्रेस चितवन सभापति पदको अन्तिम परिणाम अनुसर राजेश्वर खनालले ७ सय ४६, मिलनबाबु श्रेष्ठले ६ सय ६२, उत्तम जोशीले ४ सय ७२,डा. सुर्यकान्त घिमिरेले ४ सय २६ र कैलाश कोइरालाले ४ सय १२ मत प्राप्त गर्नुभयो । बाँकी मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

दोश्रो चरणमा पहिलो चरणमा बढी मत ल्याएका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच मात्रै प्रतिष्पर्धा हुनेछ। मतदान शनिबार मध्याह्न १२ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।