२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

पाँचथरमा पर्यटक भित्र्याउन ऐतिहासिक धार्मिक स्थलको निर्माण गरिंदै


221
Shares

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्धेश्यले गुरु योजना बनाई ऐतिहासिक,धार्मिक स्थल निशान कालीका धाम परिषरमा पोखरी बनाउने भएको छ ।

याङवरक गाउँपालिका-४ मा रहेका यी ऐतिहासिक धार्मिक स्थल, पोखरीको प्रतिनिधिसभा सदस्य नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उडड्यन पूर्वमन्त्री योगेश भट्टराईले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास गर्दे मन्त्री भट्टराईले ऐतिहासिक,धार्मिक स्थल निशानधाम परिषरमा पोखरी निर्माणले आन्तारिक तथा वाह्य पर्यटकहरु आउने र यस क्षेत्रको पर्यटन क्षेत्रकोसमेत प्रर्वद्धन हुनेबताउनु भयो ।

पोखरी निर्माण सँगै यस परिषरमा चिल्ड्रेन पार्क,विश्राम स्थल, मुख्य मूर्तिहरु, माछा पोखरी र धाराहरु, विश्राम तथा सेल्फी खिच्ने ठाउँ,मूर्ति राख्ने उहाँले बताउनुभयो ।

त्यस्तै, अन्य स्थानहरु, परम्परा झल्किने मूर्ति,सेल्फी खिच्ने ठाउँ, घण्टीहरु,फूलवारी र पोखरीको दृश्य,नागको मूर्ति,प्रमुख प्रवेशद्धार,मन्दिरको परिकल्पना,कमलको पोखरी,हतियारको आकृति, धाराहरु र विश्राम गर्ने ठाउँ आदि बन्ने गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।

निशान कालीका धाम तथा याङवरक पोखरी संरक्षण योजनाको ठेक्का श्री सि.एम.जोशी-आँसु जे.भी.काठमान्डौँले ६ करोड ४४ लाख २५ हजार ९२ रुपैयाँमा पारेको हो ।

वि‍.स. २०७८ भदौ २४ गते ठेक्का सम्झौता भएको यो आयोजनाको काम वि.स. २०८१ असोज १ गते सक्नुपर्ने छ । संघीय सरकारको संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकाश साझेदारी कार्यक्रम र याङवरक गाउँपालिकाको साझेदारीमा साे आयोजना संचालन हुन लागेको हो ।

आयोजना संचालनका लागि यस चालू आर्थिक वर्ष २०७८ ०७९ मा संघीय सरकारबाट पहिलो किस्ता बापत्त ६७ लाख ५२ हजार रुपैयाँ प्राप्त भएको छ भने यस चालू आर्थिक वर्ष याङवरक गाउँपालिकाबाट ९० लाख रुपैयाँ प्राप्त हुनेभएको छ ।

साे योजना अन्तरगत गर्नुपर्ने मुख्य कामहरु पोखरी निर्माण फाउन्टेनको लागि २ करोड १६ लाख ८२ हजार रुपैयाँ, परम्परागत धारा निर्माणका लागि रकम १४ लाख ३५ हजार रुपैयाँ, ल्याण्ड डेभल्पमेन्ट वर्कको लागि १ करोड ६० लाख रुपैयाँ, सेड घर र अन्य रकमको लागि २ करोड ५३ लाख ८ हजार ९२ रुपैयाँ रकम विनियोजन गरिएको छ ।