१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाटनका ढुंगेधारा संरक्षणको अभावमा फोहर फाल्ने स्थानमा परिणत (फोटोफिचर)


104
Shares

काठमाडौं । मल्लकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा र काठमाडौं उपत्यका पर्याय मानिन्थ्यो । केहि वर्ष अघि सम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा अहिले कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् ।

काठमाडौं क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । भक्तपुरमा भने संरक्षणको अभियान थालिएको छ । यता, पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् ।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन् ।

बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउँछन् । वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाँउ नपाउँदा पनि कुरुप बन्दै गएका छन् ।

यसै क्रममा काठमाडौं उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्विरहरु ।