१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेकै कारण मंसिरअघि नै संसदीय निर्वाचनमा जाने अवस्था आउनसक्छ : महामन्त्री थापा


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का कारण आउँदो मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउनसक्ने बताउनुभएको छ ।

काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

पूर्वमन्त्रीसमेत रहेका थापाले स्थानीय तहको निर्वाचन भने वैशाख ३० गते नै हुने दाबी गर्नुभयो । २०७४ सालपछि कांग्रेसले चुनाव हारे पनि नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदा बाध्यताले सरकारमा रहेको जिकिर गर्नुभयो ।

महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको महामन्त्री थापाको भनाई थियो । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिश गरिरहेको भन्दै उहाँले पार्टीमा सभापतिलाई बलियो बनाउने अभ्यास सुरु गरेको बताउनुभयो ।