२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल


286
Shares

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत चयन हुनुभएको छ ।

पाँच उम्मेदवारमा कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शनिबार भएको छलफलमा प्रत्यासी मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।

उद्योग वाणिज्य संघ चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष खनालले सबैले बढी जनमत आएकोलाई समर्थन गर्दै प्रतिनिधिलाई दुःख नदिन आग्रह गर्नुभएको थियो ।

तर, पहिलो चरणमा उमेदवार रहेका हालका जिल्ला सचिव उत्तम जोशी, डा. सुर्यकान्त घिमिरे, केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति जीत नारायण श्रेष्ठ लगायत नेताहरूले राजेश्वर खनाललाई समर्थन गर्दै सभापतिमा मत हालिदिन प्रतिनिधिलाई आह्वान गरेका थिए ।

कांग्रेस चितवनको शुक्रबार सम्पन्न मतदानमा २ हजार ९४५ मध्ये २ हजार ८२० मत खसेको थियो । खसेको मतमध्ये २ हजार ७१८ मात्रै सदर भएको थियो । २ हजार ७१८ मतमा राजेश्वर खनालले ७४६, मिलन बाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, डा. सूर्यकान्त घिमिरले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।