५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह


104
Shares

हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।

आयोगको मुल्याङ्कनमा ७० दशमलव ०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगति अनलाइन रिपोटिङ फोकल पर्सन सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाणसहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरूलाई परिपत्र गरेको छ ।