२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


रेमिट्यान्सको अधिकांश रकम घरायसी उपभोगमै खर्च, २.४ प्रतिशत मात्रै लगानी क्षेत्रमा


143
Shares

धनकुटा । जिल्लामा वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको अधिकाशं रकम घरायसी उपभोगमै खर्च हुने गरेको पाइएको छ ।

आप्रवासी श्रोत केन्द्रले धनकुटामा गरेको अध्ययनमा वैदेशिक रोजगारीका क्रममा मलेशिया, कतार, बहराइन, कुवेत लगायतका देशमा गएका श्रमिकहरूले पठाएको रेमिट्यान्सको ७८ प्रतिशत हिस्सा घरायसी उपभोगमा खर्च हुने गरेको पाइएको छ ।

२ दशमलव ४ प्रतिशत रकम मात्रै पूँजी निर्माणमा लगानी भएको छ भने शिक्षा, स्वास्थ्य, तथा घरजग्गा र सम्पत्ति खरिदमा ११ दशमलव ६ प्रतिशत रकम खर्च गरिरहेको पाइएको आप्रवासी श्रोत केन्द्रले धनकुटाले जनाएको छ ।