
धनकुटा । विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ वर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ्गको पढाइ सुरु गर्ने भएको छ ।
धनकुटामा शनिबार पत्रकार, शिक्षक प्रतिनिधि र विद्यार्थीबीच भएको अन्तरक्रियामा विश्वविद्यालयका डिन डाक्टर प्रचण्डमान प्रधानले स्नातक तहको इन्जिनियरिङ्ग पढाइ सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
आगामी वैशाखदेखि ४ वर्षे सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको अध्यापन सुरु गर्न आवश्यक सबै तयारी अघि बढाएको उहाँको भनाइ छ ।
प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई चारवर्षे सिभिल इन्जिनियरिङमा ५ लाख ८० हजार र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ५ लाख ७० हजार शुल्क तोकिएको विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्