२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खेलकुदको विकासमा सधैं लागिपर्छु : अध्यक्ष ओली

‘खेल क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्छ’

91
Shares

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुदको विकासका लागि आफू सदैव लागि पर्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउँदै एमालेले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको दाबी गर्नुभयो ।

खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको बताउँदै ओलीले झापा गोल्डकपको सफलताको कामना गर्नुभयो ।