१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढ्यो : कमल थापा


0
Shares

काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताउनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेको बताउनुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले एससीसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको दाबी गर्नुभयो ।

उहाँले विदेशी शक्ति राष्ट्रहरूले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक दलका नेताहरूलाई दवाव दिइरहेको बताउनुभयो । त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाइ छ ।

अध्यक्ष नेपालले विदेशी सहायता लिने÷नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप उचित नभएको बताउनुभयो ।