१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश र जनताको हितका लागि पनि एमालेले जित्नुपर्छ : गोकर्ण विष्ट


507
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताउनुभएको छ ।

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँको दाबी छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरू एमालेसँग एक्लै भिड्न डराएको जिकिर गर्नुभयो ।

सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुन सिंगो पार्टीपंक्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।