२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाइ


546
Shares

काठमाडौं । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसी सेनासँग लड्न आफुहरुलाई थप युद्धक विमान र हवाई प्रतिरक्षा प्रणाली आवश्यक भएको बताउनुभएको हो । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न युक्रेन सक्षम रहेको समेत कुलेबाको दावी छ ।

यसैबिच हिजो घोषणा गरिएको मानविय युद्धविराम असफल भएपछ रुसी सेनाले युक्रेनका विभिन्न शहरमा आफ्नो आक्रमणलाई जारी राखेको छ । मरिउपोल शहरमा रुसी सेनाको भिषण बमबारी जारी छ । संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनका झण्डै १२ लाखभन्दा बढी नागरिक देश छोडेर छिमेकी देशमा पलायन भएका छन् ।

उता रुसमाथिको आर्थिक नाकाबन्दीलाई थप कडा पार्दै भिजा र मास्टरकार्डले रुसमा आफ्नो सेवा बन्द गरेका छन् ।