
काठमाडौं । रुस–युक्रेन युद्धले विश्व नै विभाजित भईरहेका बेला इजरायली प्रधानमन्त्री नाफ्तली बेनेट रुस पुग्नुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेको भोलिपल्टै बेनेट पुटिनलाई भेट्न मस्को पुग्नु भएको हो । रुसी भाषा समेत जान्ने क्याबिनेट मन्त्री जीव एल्किनलाई लिएर जानुभएका बेनेटले शनिबार क्रेमलिनमा रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्नुभएको छ।
पश्चिमा र रुससँग बराबर सम्बन्ध राख्ने इजरायली प्रधानमन्त्रीको मस्को भ्रमणलाई युक्रेन युद्ध रोक्ने पहलको रुपमा विश्लेषण गरिएको छ ।
पुटिन–बेनेट वार्तामा के कस्तो छलफल भयो भन्ने चाहीँ बाहिर आएको छैन ।
प्रतिक्रिया दिनुहोस्