१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभरको मौसम आज सामान्यतया सफा रहने


65
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।