२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीकोटमा ३३ केभिए राष्ट्रिय लाइन जडान हुने


91
Shares

काठमाडौं । कालीकोट जिल्लामा ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान हुने भएको छ ।

दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म रहेको ११ केभिए प्रसारण लाइनलाई विस्तार गरेर ३३ केभिए बनाउन लागिएको हो ।

प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पोलमा करेन्ट प्रवाह हुनसक्ने भन्दै नेपाल विद्युत प्राधिकरणको कालिकोट वितरण केन्द्रले विद्युतका पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरेको छ ।

प्रसारण जडानका लागि एक हप्ता लाग्ने जनाइएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु र डोल्पामा अझैँ विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन् । कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभिए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।