४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


निससँग पीएसजी पराजित


325
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) निससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० ले पराजित भएको हो ।

खेलको ८८ औं मिनेटमा निसका लागि एन्डी डिलोर्टले निर्णायक गोल गरे ।

हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । निस ४९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।