१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एक लाख नाघ्यो एक तोला सुनको मूल्य


2.951k
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य एक लाख नाघेको छ ।

शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको सुन आज एकै दिन २ हजारले बढेर एक लाख एक हजार ९ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।