५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


स्पेनिस लिगमा बार्सिलोना विजयी


78
Shares

काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा गएराति बार्सिलोनाले एल्चेलाई २–१ ले हराएको छ ।

एल्चेको मैदानमा भएको खेलमा घरेलु टोलीका फिडेलले ४४औँ मिनेटमा पहिलो गोल गरेका हुन। यसपछि सब्स्टीच्युट खेलाडीहरु फेरान टोरेस र मेम्फिस डिपेले एक एक गोल गर्दै बार्सिलोनालाई विजयी गराएका थिए । गएराति नैं भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियाल बेटिसलाई ३–१ ले हराएको छ ।

यसैगरी काडिजले रायो भायकानोलाई २–० ले हराउँदा सेल्टा भिगोले मयोर्कामाथि ४–३ को जित निकाल्यो । गएरातिको जितसँगै २६ खेलबाट ४८ अंक जोडेको बार्सिलोना स्पेनिस लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

२७ खेलबाट ५५ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको रियाल मड्रिडको ६३ अंक रहेकाे छ ।