२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


माओवादीको केन्द्रीय समिति बैठक सुरु


143
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले केन्द्रीय समिति बैठक सुरु भएको माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।

गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले बताउनुभयो । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन गर्नुपर्ने विषयमा बोल्नुभएको थियो भने नेता नारायणकाजी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएकोथियो ।

त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।