
काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्मा रहेका छन् ।दुई दिनका एक नावालको भने उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थाका भेटिएका २२ वर्षीय शुभ तामाङको भने अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्धी विक्रम शाहका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चिकित्सकीय भाषामा ‘स्वीट पोइजन’ भएको भन्ने अनुमान गरिएको तर यसबारे अनुसन्धान भइरहेको शाहले इमेजखबरलाई जानकारी दिनुभयो ।
सुत्केरीका लागि कोइला बालेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने पनि प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्