१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुक्ला विमानस्थल नजिकैको जंगलमा लागेको आगो निभाउने प्रयास जारी


598
Shares

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको लुक्का स्थित जंगलमा लागेको आगो निभाउने प्रयास जारी छ ।

गाउँपालिकाको वडानम्बर २ मा रहेको नाक्चुङको जंगलबाट आइतबारदेखि आगलागी शुरू भएको थियो । आगलागी नियन्त्रणका लागि काठमाडौंबाट सिम्रिक एयरलाइन्सको हेलिकोप्टर लगेर प्रयोग गरिएको थियो । तर आगो पूर्ण रुपमा नियन्त्रणमा भने आईनसकेको गाउँपालिकाकी उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले इमेजखबरलाई जानकारी दिनुभयो ।

उहाँले हेलिकोप्टरले बाल्टिनमार्फत खोलाबाट पानी तानेर निभाउने प्रयास गरेका कारण आगो छिटो फैलिन भने नपाएको बताउनुभयो । जंगलको भीरमा आगो प्रवेश गरेका कारण हेलिकोप्टरलाई आगो निभाउन केही समस्या परेको पनि शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टर मार्फत आगो निभाउने प्रयास गरेको हो ।

खुख्खा मौसम र हावाहुरीका कारण पूर्ण रुपमा आगो नियन्त्रणमा नआएपनि फैलिन नदिन भने हरसंभव कोसिस गरिएको शेर्पाको भनाई छ । आगो लागेको जंगल लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलबाट नजिकै रहेको छ । आगो भीरमा पुगेकाले नियन्त्रणका लागि हेलिकोप्टर मात्रै विकल्प भएको पनि शेर्पाले बताउनु भयो ।