
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज (फाल्गुण २३ गते सोमबार) बाट थप २ वटा सेवाहरु शुभारमभ गरेको छ ।
थप गरिएका सेवाहरुमा आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई क्यासलेस क्लेम सेटलमेन्ट रहेका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीले यी सेवा थप गरिएको जानकारी दिएको हो । आइजिआई हेल्थपल्स बीमालेख मार्फत औषधोपचार बीमा, दुर्घटना बीमा र घातक रोग बीमा रहेका छन् ।
स्वास्थ मानिसको सर्वोपरी महत्वको विषय भएकाले त्यसैलाई मध्यनजर गरेर यो बीमालेख ल्याइएको कम्पनीले जनाएको छ । दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाताभित्र समेट्ने गरि आइजिआई हेल्थ प्लस बीमालेख ल्याएको पनि कम्पनीको भनाई छ । यस अन्तर्गत विभिन्न प्रकारका सेवाहरु रहेका छन् ।
त्यसैगरी थप गरिएको अर्काे सेवा आइजिआई क्यासलेस क्लेम सेटलमेन्ट सेवा मार्फत आइएमई जनरल इन्स्योरेन्सबाट आफ्नो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुलाई विभिन्न सेवा दिइनेछ । कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा विना झण्झट गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा ती सुविधाहरु प्राप्त हुनेछन् ।
यो सेवा हाललाई काठमाण्डौं उपत्यका भित्र लागू हुने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्