
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दै–गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।
कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री झाँक्रीले संवैधानिक निकायहरूमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्