१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला श्रमिक दिवसमा कैदीबन्दीलाई स्वास्थ्य सामग्री र पुस्तक वितरण


52
Shares

म्याग्दी । म्याग्दी जेसीजले जिल्लास्थित कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सामग्री र पुस्तक वितरण गरेको छ ।

११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।

यस्तै, अन्य कैदीहरूलाई पुस्तक हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

दिवसका अवसरमा म्याग्दीको सदरमुकमा बेनीमा महिलाले नौमती बाजासहित र्‍याली निकालेका थिए ।