
बैतडी । नेपाली कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित बजेटको विवरण माग गरेको छ ।
यसअघि २०७७ साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकोमा अहिलेसम्म सूचना नपाएको भन्दै सूचना प्राप्तिका लागि पुनः पत्राचार गरिएको हो ।
नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताउनुभयो ।
यसअघि पनि गाउँपालिकाले सूचना दिन आनाकानी गरेको कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टको आरोप छ । विवरण उपलव्ध नगराए आन्दोलनका कार्यक्रम गरिने उहाँको चेतावनी छ ।
दोगडाकेदा गाउँपालिकामा एमाले नेतृत्वको सरकार छ ।
प्रतिक्रिया दिनुहोस्