१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै


104
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन रुपमा छलफल हुने उहाँले बताउनुभयो । साे बैठक दुई दिनसम्म चल्ने भएकाे छ ।

नेकपा (एस) को यही फागुन २३ गते बसेको बैठकले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेकोथियो ।