२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गठबन्धन तोड्ने ओलीको प्रयास असफल पारेको नेपालको दावी


52
Shares

काठमाडौं । नेकपा समाजवादी (एस) का अध्यक्ष माधव नेपालले गठबन्धन फुटाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल बनाएको दावी गर्नुभएको छ ।

आज (बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमसीसीका नाममा केपी ओलीले गठबन्धन फुटाउने सक्दो प्रयास गरेपनि त्यसलाई आफूले विफल पारेको उहाँको भनाइ छ ।

‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्ने भयंकर षड्यन्त्र भएको उहाँकाे तर्क छ । त्यसलाई आफूले विफल पार्न सफल भएकाे उहाँले बताउनुभयाे। उहाँले एमसीसी पास गर्न एमालेले निसर्त समर्थन गरेको समेत उहाँले बताउनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीले नै संसदमा एमसीसी पारित गर्ने प्रस्ताव लगेको बताउँदै तर, आफूले संशोधनपछि मात्रै समर्थन गरेको नेकपा समाजवादी (एस) का अध्यक्ष नेपालकाे दावी छ ।