१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अदालत अगाडि पीडितको प्रदर्शन– ‘इच्छाराज र केशवलाललाई नछाड्नू’


637
Shares

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका पीडितले पाटन उच्च अदालतमा खबरदारी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदन दिएका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र प्रबन्ध निर्देशक केशवलाल श्रेष्ठको मुद्दा सदर गर्न माग गर्दै पीडितहरूले अदालतको ध्यानाकर्षण गराएका हुन् ।

तामाङ र श्रेष्ठले केही समय अघि काठमाडौं जिल्ला अदालतको जेल चलानको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । पीडितहरूले तामाङले आफूहरूको निक्षेप फिर्ता नगरेकाले समस्या भएको गुनासो गरेका छन् ।

सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङले सहकारीबाट २०६३ सालदेखि निक्षेपकर्ताहरूको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको पीडितको आरोप छ । पीडितहरूको उजुरीपछि प्रहरीले १२ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

आरोपी मध्ये १० जना धरौटीम रिहा भएका थिए भने तामाङ र श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका थिए ।