२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्रिकेट प्रतियोगिता हेर्न दुई दिन सार्वजनिक बिदा


286
Shares

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिन सार्वजनिक बिदा दिएको छ ।

नगरपालिका प्रमुख सन्तोष मेहताले एक सूचना प्रकाशित गर्दै अन्तर पालिका स्तरीय मेयर कप टि–टवान्टी क्रिकेट प्रतियोगिताको लागि फाल्गुण २५ र २६ गते दुई दिने सार्वजनिक बिदा दिएका हुन् ।

प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारी समेत सहभागी र व्यवस्थापन खटिनुपर्ने भएको हुँदा बिदा दिएको उल्लेख गरिएको छ ।

नगरप्रमुख मेहताले क्रिकेट प्रतियोगितामा सार्वजनिक बिदा दिएपछि यसको स्थानीयस्तरमा भने आलोचना भएको छ ।

मधेश प्रदेशमा स्थानीय तहले विभिन्न पर्वमा सार्वजनिक बिदा दिने गरेको भए पनि रौतहटको ईशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगितामा समेत सार्वजनिक बिदा दिएको हो ।