२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


समस्या नै समस्यामा फोहोर व्यवस्थापन


143
Shares

काठमाडौं । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले आफ्नो माग पूरा नगरेको भन्दै चार दिनदेखि बञ्चरे डाँडाको निर्माण कार्य रोकेका थिए भने बुधबारबाट फोहोर बिसर्जन बन्द गरेका छन् ।

स्थानीयवासी श्रीराम ढुंगानाले अबको आन्दोलन निर्णायक भएको दावी गर्दै भन्नुभयो–‘विगतकै २० वटा माग पेश गरेका छौं । ती मागहरू पुुरा नभएसम्म सिसडोल ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिंदैनौं, अनिश्चितकालसम्मका लागि रोकेका हौं ।’

आन्दोलनरत् स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै मंगलबार प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए । स्थानीय श्रीराम ढुंगानाको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएलगत्तै बुधबार मुख्यसचिव शंकरदास बैरागी र आन्दोलनरत् स्थानीयवासीबीच वार्ता भएको थियो । वार्ताबाट निकास ननिस्केपछि स्थानीयले माग पूरा गराउन दबाबस्वरुप फोहोर रोक्ने निर्णय गरेका हुन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।