
संखुवासभा । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइतेहरुलाई स्थानीय अस्पतालमा राखिएको छ भने थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर माग गरिएको छ ।
आज बिहान मादी नगरपालिकाको ओखरबोटेबाट इटहरी जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो ।
मादी नगरपालिका–६ स्थित पुलुङ गाउँको सातघुम्ती भन्ने ठाउँमा बस भीरबाट ३ सय मिटर तल खसेको स्थानीयले बताएका छन् ।
बसमा चालकसहित २० जना जति रहेको अनुमान गरिएको छ । पाँच जना गम्भिर घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
मृतकहरुको पहिचान खुल्न भने बाँकी छ । घटनास्थलमा प्रहरीले खोजी तथा उद्धार गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्