१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनसँग चुनावी तालमेल हुनसक्छ : प्रधानमन्त्री देउवा

गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन निर्देशन

884
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका चुनावमा वर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल हुनसक्ने बताउनुभएको छ ।

बिहीबार वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवाले स्थानीयदेखि केन्द्रसम्म तीन तहका चुनावमा तालमेलका लागि सत्तासाझेदार दलहरूभित्र छलफल हुने बताउनुभयो । उहाँले गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

उहाँले कुनै न कुनै दलसँग कांग्रेसले सहकार्य गरेर जानुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उल्लेख गर्नुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताउनुभयो । उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गर्नुभएको हो ।