१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रकाश’को पोस्टर सार्वजनिक, २०५९ सालको कथामा प्रदीप खड्का


3.952k
Shares

काठमाडौं । नायक प्रदीप खड्का अभिनित सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘प्रकाश’को पोस्टर सार्वजनिक भएको छ ।

खड्काको जन्मदिनको अवसर पारेर निर्माण टीमले चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा खड्का र अभिनेत्री दिया मास्केलाई देख्न सकिन्छ ।

पोस्टरमा खड्का सेतो टोपी, चेक सर्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन अंकित च्यातिएको झोला बोकेका छन् । झोलामा २०५९ पनि लेखिएको छ । जसले चलचित्रको कथा सोही समयतिरको बुझ्न कठिन हुँदैन ।

नायिका मास्केलाई पनि ग्रामीण भेगकी महिलाको भूमिका देखिएको छ । पोस्टरमा उनको अनुहार टिठलाग्दो देखिएको छ ।

प्राय लभर व्बाइको भूमिकामा देखिँदै आएका खड्कालाई यसपटक दर्शकले नयाँ भूमिकाका देख्न पाउने चलचित्रका निर्देशक दिनेश राउतले जानकारी दिनुभयो ।

महेन्द्र अधिकारीले निर्माण गरेको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । सार्वजनिक पोस्टरमा देखाइएका घरहरू पश्चिम नेपालको कुनै विकट गाउँको जस्तो देखिएको छ ।

आगामी वर्ष भदौ १० गतेको प्रदर्शन मिति तोकिएको चलचित्रमा खड्का र मास्केको अलावा प्रकाश घिमिरे, राजन खतिवडा, अमजाद वरवेज, रेनु योगी, रामबाबु रेग्मी लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।