
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र यसमा हिमालय हुँदै साँस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको उल्लेख गर्नुभएको छ ।
ग्लोबल टाइम्सको बिहीबारको संस्करणमा राष्ट्रपति भण्डारीको अन्तर्वार्ता प्रकाशित भएको छ । अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपाल जहिले प्रतिबद्ध रहेको तथा संयुक्त राष्ट्रसंघमा चीनको अधिकारयोग्य स्थानका लागि नेपालले आफ्नो आवाज उठाएको इतिहास समेत सम्झाउनुभएको छ ।
समय कालखण्डमा विभिन्न परीक्षाको सामना गर्नु परे पनि नेपाल र चीनबीचको सम्बन्ध अहिले समस्या रहित रहेको उल्लेख गरेकी राष्ट्रपति भण्डारीले यसको कारण दुई देशबीचको सहकार्य रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालका लागि उपयुक्त रहेपनि यसको कार्यान्वयनमा ढिलाई भईरहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्