२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चेल्सीद्वारा नरिच सिटी पराजित


91
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति चेल्सीले नरिच सिटीलाई ३–१ ले पराजित गरेको छ ।

नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउन्ट, नाथन चालोबाह र काई हाभर्ट्जले एक एक गोल गरे भने नरिच सिटीका टिमु पुक्कीले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाए । ६९ औं मिनेटमा नर्विचका पुक्कीले पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ९० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।

जितसँगै चेल्सी २७ खेलबाट ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले वाट्फोर्डलाई ४–० ले पाखा लगायो । यसैगरि न्युकासल युनाइटेडले साउथह्याम्पटन माथि २–१ को जित निकाल्यो ।