
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ ।
बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो ।
अब दोस्रो लेग गलातासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस खेलमा सफलता हात पार्ने टोली नै क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्