
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ ।
कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो ।
आगलागीबाट एउटा घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट आसपासका घरहरु जोखिममा परेका छन् ।
आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।
आगो अन्यत्र सल्किए कोप्चे बजार पुरै जोखिममा पर्ने देखिन्छ । वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यो वर्ष सुख्खा याम लागेसँगै बजार क्षेत्रमा पहिलो पटक आगलागीको घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्