१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुकुममा ठूलो मात्रामा फेला पर्‍यो बम


1.625k
Shares

काठमाडौं । पूर्वी रूकुमको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ ।

कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको हो ।

बोरामा बाँधेर ड्रममा राखिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ । केही बम भने ओढारको बाहिरै फेला परेको छ ।

जंगलमा गाईवस्तु चराउन गएका स्थानीयले ओढारमा लुकाएको बम फेला पारेका थिए ।

माओवादीले द्वन्द्वकालमा बम लुकाएर राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम फेला परेको स्थानतर्फ गएको जनाइएको छ ।