१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


क्रिकेटका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने


195
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बेंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई सातासम्म प्रशिक्षण गर्ने भएका हुन् ।

खेलाडी विकाश कार्यक्रमअन्तर्गत प्रशिक्षणका लागि लोकेश बम, गुल्शनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलाम जाने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली हाल विश्वकप क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको छ ।

श्रीलंकामा स्थानीय टोलीसँग शुक्रबार अन्तिम खेल खेलेपछि मार्च १४ तारिखमा नेपाली टोली त्यहिँबाट युएई जाने तालिका छ ।