२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

स्थानीय तह निर्वाचनमा काग्रेस एक्लै भिड्छ : नेता ढुंगाना


156
Shares

पाँचथर । नेपाली काग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले आगामी स्थानीय तहको निर्वाचनमा पाटी एक्लै भिड्ने दावी गर्नुभएको छ ।

आज (शनिबार) नेपाल प्रेस यूनियन पाँचथरले आयाेजना गरेकाे सदरमुकाम फिदिममा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले कुनै पनि दलहरुसँग तालमेल नगरी एक्लै चुनावमा भिड्ने बताउनुभएको हो ।

सरकार संचालनमा मात्रै अहिलेको गठवन्धन रहको भन्दै अहिलेकै गठवन्धनसँग आगामी वैशाखमा हुने स्थानी चुनावमा तालमेल गरेर काग्रेस चुनावमा नलड्ने बताउनुभयो ।

अव काग्रेसले भोलि (आईतबार) बाट सुुरु हुने घरघर जाऔ, नेपाली काग्रेसलाई जिताऔँ अभियानपछि पाटी कसरी अघि वढ्ने भन्ने विषयमा पाटीले आधिकारिक धारणा समेत तय गर्ने उहाँको तर्क छ ।

पाटीका भातृसंगठनका केन्द्रीय कार्य समिति मात्रै भंग गरिएको अन्य समितिहरु जिल्लामा यथावत रहेको हुँदा अव केन्द्रीय समितिले पनि चैतकाे पहिलो सातासम्ममा नयाँ कार्य समिति पाउने बताउनुभयो ।